नेपाल आजको समय | विराटनगर
ताजा समाचार :
बढ्दो लागूऔषध दुर्व्यसन: युवापुस्तामाथि गहिरिँदो संकट, रोकथाम र पुनःस्थापनामा जोड तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ? पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते

  • प्रकाशित मिति: Jul 7, 2026
भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते फोटो क्याप्सन: भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते
ad728

भारतको केरलास्थित वायनाड जिल्लाको मेप्पडी नजिक रहेको कल्लाडी क्षेत्रमा मंगलबार बिहान गएको पहिरोमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

पहिरोका कारण मलप्पुरम–वायनाड सुरुङ परियोजनाको निर्माणस्थलमा ठूलो परिमाणमा माटो र ढुंगा खस्दा केही कामदार पुरिएका थिए। हालसम्म चार जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन् भने १० जनाको जीवित उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

जिल्ला प्रशासनका अनुसार घाइतेहरूको उपचार विम्स अस्पतालमा भइरहेको छ। निरन्तरको वर्षा र बाक्लो हिलोका कारण उद्धार टोलीलाई घटनास्थलमा काम गर्न चुनौती भइरहेको छ। जोखिम बढेपछि सुरुङ निर्माणको काम सोमबारदेखि नै स्थगित गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी, एनडीआरएफ र स्थानीय उद्धार टोलीले जेसीबीसहितका उपकरण प्रयोग गरेर पहिरो हटाउने तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएका छन्।

कांग्रेस नेतृ प्रियंका गान्धीले युडीएफका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय सहयोग गर्न आग्रह गरेकी छन्। उनले प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्दै प्रभावितलाई आवश्यक सहयोग पुर्‍याउन अपिल गरेकी हुन्।

यसैबीच, मौसम विभागले वायनाड र कोझिकोड जिल्लाका लागि अत्यधिक वर्षाको सम्भावना औंल्याउँदै ‘रेड अलर्ट’ जारी गरेको छ। जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने चुलिक्का सरकारी विद्यालयमा अस्थायी राहत शिविर सञ्चालन गरिएको छ।

उल्लेखनीय रूपमा, वायनाडमा दुई वर्षअघि पनि विनाशकारी पहिरो गएको थियो। त्यस घटनामा ४०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।


समाचार अपडेट गर्नुभयो: Khabar24Online

प्रतिकृया दिनुहोस: