थप २८८ जनामा कोरोना पुष्टि, कुल संख्या २०९९ पुग्यो

0
जेठ २० गते, काठमाडौं ।
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।
नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा । विकास देवकोटाले जानकारी दिनुभयो ।