पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय पारित

0
२ जेठ, काठमाडौं ।
पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले सुरक्षाकर्मीहरुलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो ।
गत बुधवार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा २ जना कोरोना संक्रमित भेन्टिलेशन फोडेर भागेका थिए ।