जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

0
काठमाडौं, ४ जेठ ।
सरकारले पुनः जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड १९) को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।
गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो । तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।