लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा स्वीकृत

0
काठमाडौं, ५ जेठ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतले अतिक्रमण गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा । युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले नेपालको पश्चिम–उत्तरको अन्तर्राष्ट्रिय सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए । सोही अनुसार संविधानको अनुसूची, निसान छाप, पाठ्क्रमसहित सबैमा नयाँ नक्सा अद्यावधिक गरिने जानकारी दिँदै मन्त्री खतिवडाले भने, ‘मन्त्रिपरिषद्ले स्वीकृत गरेको अब नयाँ नक्सा सबै ठाउँमा लागु हुन्छ ।’