भोकमरीसंगको लडाँईमा मलरा सदाको मृत्यु

0
सप्तरी, जेठ ७ ।
पुरै बिश्व  कोरोनासँग लडिरहेको गम्भीर परीस्थितिमा नेपालमा अनेकौं निम्न आयस्तर भएका ब्यक्तिहरु भोकमारीसित लडिरहेका छन । यस्तै भोकमारी को लडाईमा सप्तरी कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका खान नपाएर मलरा सदाको मृत्यु भएको छ । मृतक सदाका छिमेकी विश्वनाथ सदाका अनुसार दैनिक ज्यालादारी गरेर खाने मृतक सदा ४ दिनदेखी घरमा चुल्हो नबलेपछी खद्यान्नको जोहो गर्न हिडेका थिए । गाउँकै किसानको खेतमा कोदालो जोत्न गएका मलरा सदाले धेरैदिन दिनदेखी खान पाएका थिएनन् । उनको मृत्यु भयो ।
सरकारले अव नेपालमा गरिबीको कारणले ‘कोही भोकै पर्दैन,कोही भोकले मर्दैन’ भनिरहदा यसरि भोकमरिले मृत्यु भएको यो भने पहिलो घटना भने होइन ।
स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको छिमेकी विश्वनाथ सदाले बताए ।
मृतक मलरा सदा र उनको श्रीमती जलेश्वरी सदा दैनिक गुजरा गरेर पेट पाल्दै आएका थिए । तर  चैत्र ११ गतेवाट लकडाउन सुरु भएपछि सदा दम्पतीलाई छाक टार्न समस्या भइरहेको थियो ।