थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

0
जेष्ठ १७, काठमाडौं ।
पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिराहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, दाङ्गमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासभामा २, ललितपुरमा १, झापामा १ र बारामा १ गरी थप १८९ जना कोरोना संक्रमित थपिएका छन।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here