मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गरिने

0
  • मङ्गलबार २१ बैशाख, २०७३
काठमाडौं– संयुक्त विद्यार्थी संगठनले मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गर्ने निर्णय गरेको छ। बुधबार नेपाली विद्यार्थी संघको कार्यलयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले १३ वटा अनुगमन समिति गठन गरी बुधबारदेखि कडाइकासाथ अनुगमन गर्ने निर्णय भएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए।
बैठकले वैशाख ६ गते सरकारसँग भएको दश बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन, शिक्षा क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउने, शिक्षासँग सम्बन्धित र विद्यार्थीसँग जोडिएका विषयमा अन्तरक्रिया गर्नेलगायतका निर्णय गरेको लामिछानेले जानकारी दिए। यसैगरी रोजगारीको माग गर्दै खुलामञ्चमा आमरण अनशनमा बसेको जीवन रक्षा गर्न वार्तामार्फत समस्या समाधान गर्नपनि विद्यार्थी संगठनले आग्रह गरेको छ।