सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठसहित)

0
१५ जेठ, काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । अागामी अार्थिक वर्षको बजेट चालू अार्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।
कहाँबाट अाउँछ  १० खर्ब ४८ अर्ब ९२ करोड ?

सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ र्अब अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व उठाएर जुटाउने अर्थमन्त्रीले घोषणा गरेका छन् । चालु आवमा सरकारले राजस्वको लक्ष्य ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रुपैयाँ रुपैयाँ राखेको थियो ।
त्यसैगरी, वैदेशिक अनुदानबाट १ खर्ब ६६ हर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ जुटाइने छ । चालु आवमा वैदेशिक अनुदानबाछ १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख ७ हजार रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो ।
त्यस्तै, वैदेशिक ऋणमार्फत १ खर्ब ९५ अर्ब ७१ करोड ५६ लाख ३६ हजार रुपैयाँ स्रोत जुटाउने अर्थमन्त्रीले घोषणा गरे । गत बजेटमा बैदेशिक ऋणबाट ४९ अर्ब ५२ करोड ८७ लाख ७० हजार रुपैयाँजुटाइने लक्ष्य थियो ।
आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि १ खर्ब ११ अर्ब रुपैयाँ स्रोत जुटाइने छ । चालु आवमा सरकारले ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।
त्यसैगरी, अहिले सरकारको खातामा रहेको रकमबाट आगामी बजेटका लागि ५९ अर्ब ४१ करोड २७ लाख रुपैयाँ स्रोतान्तर गर्ने अर्थमन्त्रीले बताएका छन् ।