Home समाचार ७० औद्योगिक प्रतिष्ठानमा ऊर्जा परिक्षण

७० औद्योगिक प्रतिष्ठानमा ऊर्जा परिक्षण

0
९ वैशाख, बुटवल । बुटवल उद्योग वाणिज्य संघमा सञ्चालित ऊर्जा दक्षता इकाइले यस क्षेत्रका ७० औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानहरुमा ऊर्जा परिक्षण गरेको छ । इकाइले स्थापनाको २ बर्षमा रुपन्देही र पाल्पाका उद्योग तथा व्यवसायीक प्रतिष्ठानमा ऊर्जा परिक्षण गरेको हो ।
ऊर्जा परिक्षण गरी सम्वन्धित प्रतिष्ठानलाई ऊर्जा चुहावटको अवस्था, बचत गर्न सकिने सम्भावना र प्रविधिका सम्वन्धमा सुझाव दिइनेछ । परिक्षण पश्चात कम्तीमा ३० प्रतिशत ऊर्जा बचत गर्न सकेको सम्वन्धित प्रतिष्ठानहरुले बताएका छन् ।
इकाइले ऊर्जा परीक्षणसँगै सचेतनाका दर्जनौं कार्यक्रमहरु पनि सम्पन्न गरेको छ । बुटवल सहित नेपालगञ्ज र पोखरामा समेत इकाइले सचेतनाका कार्यक्रमहरु गरेको छ । इकाइमा जर्मन विकास सल्लाहकारसहित ३ जना इञ्जिनियर कार्यरत छन् ।
यसैबीच इकाइमा २ बर्ष काम गरेका जर्मन विकास सल्लाहकार स्टेफन लण्डऔरको एक कार्यक्रमका बीच बिदाई गरिएको छ । संघका अध्यक्ष महेशमान सिंह, जीआइजेटका टेक्निकल एडभाइजर फ्रमांक फुभय, संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु जीवन प्रसाद ओझा, अर्जुनमान सैजु र निर्मलप्रसाद लाकौलले स्टेफनलाई सम्मान सहित बिदाई गरे ।
कार्यक्रममा ऊर्जा परिक्षण गर्ने लुम्बिनी एग्रो इञ्जिनियरिङ र डिमल्याण्ड गोल्ड रिसोर्ट तथा इकाइका इञ्जिनियर मोहम्मद अवुल हसन खान र गोबिन्द न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here