Home समाचार तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल पक्राउ

तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल पक्राउ

0
२०७२ भदौ २९ गते १५:५८ मा प्रकाशित
२९ भदौ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य नवलकिशोर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
विहान कपडा उद्योग लगायतमा भएको आगजनीमा संलग्न भएको अरोपमा प्रहरीले सोनल र सिंहलाई नितनपुरबाट पक्राउ गरेको हो ।
इन्स्पेक्टर पुरुषोतम खड्काले अनलाइनखबरसँग भने-‘लिप्नेमाल ८ मा भएको कपडा उद्योग तोडफोडमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो ।’
अर्को स्थानमा पनि तोडफोड गर्न जान लागेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।
अन्य स्थानमा भएको तोडफोडको लगत संकलन भइरहेको भन्दै इन्स्पेक्टर खड्काले त्यसमा उनीहरुको संलग्नता हरेर कारबाही अघि बढाउने बताए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here